Logo

वाणिज्य विभागको महानिर्देशकमा प्रेमकुमार श्रेष्ठ नियुक्त, आईतबारदेखि सम्हाले पदभार

वाणिज्य विभागको महानिर्देशकमा प्रेमकुमार श्रेष्ठ नियुक्त, आईतबारदेखि सम्हाले पदभार



काठमाडौं । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको महानिर्देशकमा प्रेमकुमार श्रेष्ठ नियुक्त भएका छन् । पद खाली भएको डेढ महिनापछि मन्त्रालयले श्रेष्ठलाई महानिर्देशकका रुपमा पठाएको हो ।

उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालयको आपूर्ति शाखा प्रमुख रहेका श्रेष्ठलाई मन्त्रीले विभागमा पठाएको हो । यसअघि विभागको महानिर्देशक रहेका प्रकाश पौडेल आन्तरिक राजश्व विभाग गएपछि महानिर्देशकको पद खाली थियो ।

श्रेष्ठले आईतबारदेखि विभागको जिम्मेवारी सम्हालेका हुन् ।

प्रतिक्रिया दिनुहोस्