Logo

विश्वमा स्कुल बसले मात्रै गर्छन लाखौं टन दूषित वायु उत्सर्जन, के छ नेपालको अवस्था ?

विश्वमा स्कुल बसले मात्रै गर्छन लाखौं टन दूषित वायु उत्सर्जन, के छ नेपालको अवस्था ?



काठमाडौं । पछिल्लो समय बढ्दै गएको वायु प्रदुषणले बालबालिकाहरुको स्वास्थ्यमा प्रतिकुल असर पारिरहेको छ । यसले बालकालिकाको सिक्ने क्षमता, स्वास्थ्य तथा अन्य मानसिक सन्तुलनलाई समेत खलल पुग्ने गरी असर गरिरहेको पाइएको छ ।

वयस्क मानिसको तुलनामा बालकालिकाहरुको श्वासप्रश्वास दर बढी हुने हुनाले उनीहरुलाई अझ बढि प्रकोपको सम्भावना हुन्छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओं का अनुसार ९० प्रतिशत बालबालिकाहरुले प्रदूषित वायुको सामना गरिररहेको उल्लेख गरेको छ । )

यसले उनीहरको शारिरिक तथा मानसिक वृद्धिमा प्रतिकुल असर गरिरहेको देखिन्छ । खासगरी बालबालिकाहरुले यस्तो दूषित हावा विद्यालय जाँदाखेरी बाटोमा गुडेका सवारीसाधनका कारण सामना गनुपर्छ । एक अध्ययनका अनुसार विश्वभर डिजेलबाट चल्ने स्कुल बसहरुले मात्रै बर्षभर ३ हजार देखि ९५ हजार टन दूषित हावा उत्सर्जन गर्ने गर्दछन् ।

यस्तै नेपालकै कुरा गर्दा पनि सरकारी विद्यालयमा अध्ययनरत ६९ प्रतिशत विद्यार्थीहरु वातावरणीय प्रभावले निम्त्याएको स्वास्थ्सम्बन्धी समस्यामा रहेको देखिन्छ । विकशित तथा विकाशिल मुलकहरुमा वयस्क मानिसहरुले आफ्ना नयाँ पुस्तालाई श्वास फेर्नै अप्ठ्यारो पर्नेगरी गरेका क्रियाकलापको असर आफ्नै बालबच्चामाथि परिरहेको बारे एकिन गर्दैनन् । जसका कारण विश्वभर बर्षेनी लाखौं बालबच्चाको ज्यानसमेत गईरहेको छ ।

वायु प्रदषणले दमलगायतका रोगहरु निम्त्याउन सहयोग पुर्याउँछ, जो नेपाली समाजमा भयावह रोगका रुपमा छ । वायु प्रदूषण यसरी बढ्नुमा सबैभन्दा ठुलो दोष सवारीसाधनलाई दिन सकिन्छ । विश्वभर धेरै मानिसहरुमा दम हुनुको कारणहरुमध्येको १३ प्रतिशत हिस्सा यसैले ओगटेको बताईएको छ । सन २०२० मा गरिएको एक अध्ययनअनुसार सडकको किनारमा अवस्थित विद्यालयमा अध्ययनरत विद्यार्थीहरुमा अन्यको तुलनामा दमलगायतका श्वासप्रश्वाससम्बन्धी समस्या बढी नै हुन्छ ।

यति मात्रै नभई पछिल्लो समय बढिरहेको वायु प्रदुषले जन्मिदै बच्चाको तौल कम हुने, फोक्सोसम्बन्धी समस्या जन्मजात नै ल्याएर आउनेलगायतका समस्या उत्पन्न हुने गरेका छन् । तर, विज्ञहरुले आगामी पुस्तालाई बचाउन र वायु प्रदुषण कम गर्न यातायातका साधनको विधि नै परिवर्तन गर्नुपर्ने बताउँदै आएका छन् ।

स्वच्छ हावाको उपयोग गर्नका लागि जिवास्म ईन्धनबाट चल्ने सवारीसाधनलाई विद्युतबाट चल्ने सवारीसाधनमा प्रतिश्थापन गर्नुपर्ने उनीहरुको भनाई छ । हाल हामीले वायु प्रदुषणका निम्त्याउन गरिने अन्य क्रियाकलापले भविष्यमा जन्मिने निर्दोश बालबच्चाहरुले दुख पाउन काम गर्न नहुने उनीहरु बताउँछन् । वर्ल्ड ईकोनोमिक फोरमबाट अनुवादित

प्रतिक्रिया दिनुहोस्