Logo

अमेरिकन चेम्बर अफ कमर्स नेपालको सुरुआतको घोषणा, अमेरिकाका कम्पनी र उत्पादनको प्रवर्द्धन गर्ने

अमेरिकन चेम्बर अफ कमर्स नेपालको सुरुआतको घोषणा, अमेरिकाका कम्पनी र उत्पादनको प्रवर्द्धन गर्ने



काठमाडौं । नेपालमा अमेरिकन चेम्बर अफ कमर्स नेपालको सुरुआतको घोषणा गरिएको छ । शुक्रबार दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु र उप–सहायक विदेशमन्त्री केल्ली किडरलिङले नेपालकै पहिलो अमेरिकन चेम्बर अफ कमर्सको सुरुआतको घोषणाका लागि नेपालमा अमेरिकी कम्पनीहरूको प्रतिनिधित्व गर्ने व्यापारिक अगुवाहरूसँग भेटघाट गरेका थिए ।

विश्वभर रहेका अमेरिकन चेम्बर अफ कमर्सका शाखाहरू संयुक्त राज्य अमेरिकाको चेम्बर अफ कमर्सका सदस्य हुन्। अमेरिकी चेम्बर अफ कमर्स एक स्वैच्छिक, मुनाफारहित संस्था हो । जसले संयुक्त राज्य अमेरिकाका कम्पनी र उत्पादनको प्रवर्द्धनमार्फत आर्थिक विकासमा योगदान गर्दछ। अमेरिकन चेम्बर अफ कमर्स नेपालका १३ प्रारम्भिक संस्थापक सदस्यहरू रहेका छन् ।

अजित शाह (लोटस होल्डिङ्स)
निर्मल श्रेष्ठ (मेटलाइफ)
अतुल्य रिसाल (कम्प्लाएन्स क्वेस्ट)
कैलाश बियानन्द (लिपफ्रग टेक्नोलोजी)
आकाश गोल्छा (फोर्ड वितरकं)
राज शाह (बडवाइजर वितरक)
जयदिन श्रेष्ठ (हायात)
मङ्गेश श्रेष्ठ (फ्रस्ट एन्ड सुलिभान)
ओस्कर बतास (क्याटरपिल्लर वितरक)
असीम सिंह (पठाओ राइड शेयरिङ)
सञ्जय गोल्छा (डेल वितरक)
साकार पुडासैनी (कारखाना)
सेमन्त दाहाल (कानुनी सल्लाहकार)

संस्थापक सदस्यहरूले ह्यात रिजेन्सीमा भएको नयाँ एमच्याम सम्बन्धी कार्यक्रममा आफ्ना विचार तथा आकांक्षाहरू एकआपसमा आदान(प्रदान गरेका थिए । सहायक विदेशमन्त्री लुले गरिबी घटाउन तथा भ्रष्टाचार विरूद्ध लड्न निजी कम्पनीहरूको भूमिका हुने भन्दै एमच्याम नेपालले आफ्नो मुख्य कार्यको रूपमा यी दुवै विषयलाई पनि सामेल गर्ने आशा व्यक्त गरे ।

उप–सहायक विदेशमन्त्री किडरलिङले पिछडिएका तथा महिलालगायतलाई औपचारिक अर्थतन्त्रमा सामेल गर्ने मंचको रूपमा एमच्यामको उपयोग गर्न प्रोत्साहित गर्दै संस्थापक सदस्यहरूसँग व्यवसायको वातावरणबारे उत्सुकतापूर्वक सुनेका थिए । उक्त अवसरमा एमच्यामका अध्यक्ष अजित शाहले नेपालको युवा तथा जागरुक जनसंख्या आर्थिक बृद्धिको श्रोत भएको बताउँदै संसारभरका व्यवसायीहरूलाई नेपालमा व्यवसाय गर्नको लागि प्रोत्साहित गर्न चाहेको बारेमा बोलेका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL