Logo

बढ्यो सुनको मूल्य कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको मूल्य कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा आज (विहीबार) सुनको मूल्य बढेको छ भने चाँदीको मुल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला २ सयले बढेर ९४ हजार ५ सयमा कारोबार भइरहेको छ ।

यसअघि सोमबार छापावाला सुन तोलाको ९४ हजार ३ सयमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९४ हजार रहेको छ ।

त्यसैगरी विहिबार चाँदीको मूल्य भने स्थिर रहदै प्रतितोला १२८० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL