Logo

आईएमईको नयाँ सेन्टर प्युठानमा, सेन्टर संख्या १ सय ४० पुग्यो

आईएमईको नयाँ सेन्टर प्युठानमा, सेन्टर संख्या १ सय ४० पुग्यो


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । रेमिट्यान्स कम्पनी आईएमईले प्युठानस्थित बाग्डुलामा नयाँ आईएमइ सेन्टर स्थापना गरेको छ । यससँगै कम्पनीको सेन्टर संख्या १ सय ४० पुगेको छ ।

सो शाखाको आईएमइ सेन्टर कम्पनीका प्रवन्धक एवं सेल्स तथा नेटवर्क प्रमुख रुद्र राज पौडेलले उद्दघाटन गरे । सो सेन्टर इन्टरफेस मनी ट्रान्सफरकोे नाममा संचालन हुने बताइएको छ ।

उद्घाटन पछि पौडेलले आईएमईले दिँदै आएको छिटो, छरितो र विश्वसनीय रेमिटेन्स सेवालाई अझै परिस्कृत र प्रविधियुक्त बनाउन कम्पनी कटिबद्ध रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL