Logo

ग्याँसमा दिँदै आएको सरकारी अनुदान रोक्ने अर्थमन्त्रीको संकेत, विद्युत खपतलाई अनिवार्य बनाइने

ग्याँसमा दिँदै आएको सरकारी अनुदान रोक्ने अर्थमन्त्रीको संकेत, विद्युत खपतलाई अनिवार्य बनाइने



काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले हाल सरकारले ग्याँसमा दिँदै आएको अनुदान रोक्ने संकेत गरेका छन् । पछिल्लो समय देशमा विद्युत खेर गइरहेको अवस्थामा ठूलो रकम खर्च गरेर ग्याँस आयात गर्नुपर्ने बाध्यता रहेको भन्दै अबका दिनमा विद्युतको खपत बढाउन ग्याँसमा दिँदै आएको अनुदान रोक्ने संकेत गरेका हुन् ।

‘अहिलेको अवस्थामा नेपालले १० हजार मेगावाट विद्युत खपत गर्न सक्नु पर्दथ्यो,’ उनले भने, ‘तर यहाँ २ हजार मेगावाट विद्युत उत्पादन हुँदा खपत नभएर खेर गइरहेको छ ।’ विद्युतबाटै हुने काम अनुदानको रकमबाट ग्याँस आयात गर्दा उक्त मसस्या भएको भन्दै अबका दिनमा अनिवार्य विद्युत खपत गर्ने व्यवस्था गर्न लागिएको जानकारी दिए ।

साथै उनले होटल व्यवसायीलाई पनि अबका दिनमा ग्याँसको प्रयोग छाड्दै विद्युतीय खपत बढाउने गरी पूर्वाधार तयार गर्न निर्देशन दिएका छन् । ‘अहिले हामीले विद्युतको खपत बढाउन प्रोत्साहन गर्दै आएका छौं,’ उनले भने, ‘प्रोत्साहन नीतिलाई सहर्ष स्वीकार भएन भने बाध्यकारी नीति पनि ल्याउने छौं ।’

हाल नेपाल आयाल निगमले ग्याँसमा अनुदान दिएर प्रति सिलिण्डर १ हजार ५ सय ७५ रुपैयाँमा बिक्री गर्दै आएको छ । जसबाट निगमले ठूलो घाटा व्यहोर्दै आएको छ । यदि ग्याँसमा अनुदान नदिने हो भने प्रतिसिलिण्डर २ हजार २ सय ३२ रुपैयाँमा बिक्री गर्नुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL