Logo

४८ बुलेट ग्याँस रिरुट गरियो, अझै १७३ बुलेट रक्सौल नाकामा

४८ बुलेट ग्याँस रिरुट गरियो, अझै १७३ बुलेट रक्सौल नाकामा


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । रक्सौल नाकामा हरेको ४८ वटा बुलेट ग्याँस रिरुट गरिएको छ । सो नाकामा लामो समयदेखि २ सय २१ बुलेट ग्याँस अड्किएकोमा हाल ४८ बुलेट रिरुट गर्न कागजी प्रक्रिया पुरा गरिएको नेपाल आयल निगमका प्रवक्ता मुकुन्द घिमिरेले जानकारी दिए ।

रक्सौल नाकाबाट ल्याउन इण्डियन भन्सारबाट कन्र्फमेशन प्राप्त गरेका १ सय ४३ र र कन्र्फमेशन प्राप्त नगरेका ८८ बुलेट ग्याँस थिए,’ उनले भने, ‘कन्र्फमेशन प्राप्त नगरेका मध्ये ४८ वटा बुलेट ग्याँस रिरुटका लागि समहमति दिएको हो ।’ साथै कम्फरेशन प्राप्त नगरेका थप ४० बुलेट पनि तत्कालै रिरुट गरिने उनको भनाइ छ । रिरुट गरिएका ग्याँस सुनौलीनाकाबाट ल्याईने समेत निगमले जानकारी दिएको छ ।

तर, कन्र्फमेशन  प्राप्त गरेका १ सय ४३ बुलेट ग्याँसका लागि भने रिरुटका लागि सहमति दिन अझै कागजी प्रक्रिया पुरा नभएको उनले जानकारी दिए । सोको लागि अझै केही समय लाग्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL