Logo

आजदेखि इ-पासपोर्टको परीक्षण वितरण गरिदैें, सन् २०२२ देखि नेपालमा लागु हुने

आजदेखि इ-पासपोर्टको परीक्षण वितरण गरिदैें, सन् २०२२ देखि नेपालमा लागु हुने



काठमाडौं । सरकारले आज (बुधबार)देखि नेपालमा विद्युतीय राहदानी (इ–पासपोर्ट) को परीक्षण वितरण सुरु गर्दैछ । सन् २०२२ देखि नेपालमा औपचारिक रूपमा इपासपोर्ट प्रचलनमा ल्याउन थालिएको राहदानी विभागले जनाएको छ ।

इ–पासपोर्टको औपचारिक उद्घाटन परराष्ट्रमन्त्री डा नारायण खड्काले आज गर्दैछन् । परीक्षण सकिएलगत्तै सन् २०२२ को जनवरीको पहिलो सातादेखि नै विद्युतीय राहदानी प्रचलनमा ल्याइने विभागका महानिर्देशक डोरनाथ अर्यालले जानकारी दिए ।

गत वर्षको सेप्टेम्बर महिनामा फ्रान्सेली कम्पनीसँग सम्झौता गरेर विद्युतीय राहदानी उत्पादन अघि बढाइएको थियो । गत वर्षको डिसेम्बर २३ मा करिब साढे दुई अर्ब रुपियाँ लागतको सम्झौता विद्युतीय राहदानीका लागि भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL