Logo

चाडबाडमा पनि बढेन नेपाल भित्रने रेमिटान्स, असोजमा समेत साढे ७ प्रतिशतले घट्यो

चाडबाडमा पनि बढेन नेपाल भित्रने रेमिटान्स, असोजमा समेत साढे ७ प्रतिशतले घट्यो



काठमाडौं । चालू आर्थिक वर्षको पहिलो ३ महिनामा नेपाल भित्र्ने रेमिटान्समा गिरावट आएको छ । समीक्षा अवधिमा विप्रेषण आप्रवाह ७.६ प्रतिशतले कमी आई २ खर्ब ३९ अर्ब ३२ करोड रुपैयाँ भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १२।७ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या उल्लेख्य रुपमा वृद्धि भई ६६,३१६ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ९६.८ प्रतिशतले घटेको थियो ।

त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा उल्लेख्य रुपमा वृद्धि भई ३४,८२३ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७८.६ प्रतिशतले घटेको थियो ।

पछिल्लो समय लकडाउन खुलेर नेपालबाट वैदेशिक रोजगारीमा जाने क्रम बढेपनि हुण्डी कारोबार मौलाउँदा नेपालमा भित्र्ने रेमिटान्समा गिरावट आएको सम्बद्ध सरोकारवालाहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL