Logo

सेयर बजारमा ६९ अंकको वृद्धि, आठ कम्पनीले पोजेटिभ सर्किट हान्दा २० कम्पनीका लगानीकर्ता घाटामा

सेयर बजारमा ६९ अंकको वृद्धि, आठ कम्पनीले पोजेटिभ सर्किट हान्दा २० कम्पनीका लगानीकर्ता घाटामा



काठमाडौं । सेयर बजारमा मंगलरबा ६९ अंकको वृद्धि भएको छ । धेरैजसो कम्पनीको प्रथम त्रैमासिक विवरण आएको र कतिपय कम्पनीको मर्जरको हल्लाका कारण मंगलबार बजारमा उच्च अंकको वृद्धि हुन पुगेको छ ।

मंगलबार बजार खुलेदेखि नै उकालो लागेको नेप्से परिसुचक अन्तमा ६९.२२ अंकको वृद्धि भएको छ । बढ्दो बजारमा कारोबार रकममा पनि केही सुधार आएको छ । दिनभर कुल ५ अर्ब ३० करोड रुपैयाँको सेयर कारोबार भएको छ । जसमा २२७ कम्पनीको १ करोड ९ हजार कित्ता सेयर खरिदबिक्री भएको छ ।

बजारमा आजैमात्र वित्तीय विवरण प्रकाशित गरेको नेपाल टेलिकम, माथिल्लो तामाकोशी लगायतका कम्पनीको सेयर मुल्य बढेर सर्किट लागेको छ । यसैगरी नबिल बैंकसँगको मर्जर हल्लाका कारण नेपाल वंगालदेश बैंकको सेयर मुल्यले पनि सकारात्मक सर्किट हानेको छ ।

तर, मंगलबार बजार करिव ७० अंकले बढ्दा पनि विभिन्न २० ओटा कम्पनीका लगानीकर्ताले भने गुमाएका छन् । जसमा सबैभन्दा बढी विजय लघुवित्त, म्युचुअल फण्डका लगानीकर्ताले गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्