Logo

हिमपात भएको क्षेत्रमा तत्काल कपडा पठाउन निर्देशन,‘संरचना निर्माणको स्पष्ट मापदण्ड बनाउ’

हिमपात भएको क्षेत्रमा तत्काल कपडा पठाउन निर्देशन,‘संरचना निर्माणको स्पष्ट मापदण्ड बनाउ’


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । व्यवस्थापिका संसदको विकास समितिले हिमपात भएको क्षेत्रमा तत्काल न्यानो कपडा पठाउन सरकारलाई निर्देशन दिएको छ । समितिको आइतवार बसेको बैठकले चिसोबाट बचाउने कार्यलाई प्राथमिकतामा राखी कपडा पठाउन निर्देशन दिएको हो । बैठकमा प्रधानमन्त्री केपी ओली, भौतिक तथा पूर्वाधार मन्त्री, शहरी विकासमन्त्रीलगायत उपस्थित थिए ।

समितिले पुनःस्थापना तथा पुनर्निर्माण सम्बन्धमा दीर्घकालीन सोच र स्पष्ट कार्ययोजना बमोजिम कार्य सम्पादन गर्न वन तथा भू–संरक्षण मन्त्रालय, वातावरण मन्त्रालय, संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलगायत सम्वन्धित निकायसँग समन्वय गर्न सुझाव दिएको छ ।

सरकार तथा सम्वन्धित निकायलाई राहत वितरण, पुनःस्थापना एवं पुनर्निर्माण कार्यमा पारदर्शिता कायम गर्न, ‘भूकम्प प्रभावितहरुको वर्गीकरण गरी वास्तविक क्षतिको तथ्यांक संकलन गर्न निर्देशन दिएको छ ।

त्यस्तै पीडीएनए प्रतिवेदन पश्चात पनि भूकम्पका कारण क्षति भएका सार्वजनिक उपयोगका संरचनाहरु, सांस्कृतिक धरोहरहरुको पुनर्निर्माणलगायतको विस्तृत कार्ययोजना बमोजिम तत्काल कार्य प्रारम्भ गर्न आदेश दिएको छ ।

भूकम्प पीडितलाई उपलब्ध गराउने भनिएको ऋण तथा सहुलियत रकम सरल, छोटो, स्पष्ट प्रक्रियाबाट वास्तविक भूकम्प पीडितले छिटो पाउने कार्यप्रणाली बनाउन समितिले निदृष्ट गरेको छ ।

समितिले आगामी दिनमा भूकम्प प्रतिरोधी संरचना निर्माण गर्ने सम्बन्धमा स्पष्ट मापदण्ड बनाई कडाइका साथ लागु गर्न सरकारलाई निर्देश्न दिएको छ ।

भूकम्प पश्चातको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय दातृ निकायहरुले दिएका तथा प्रतिवद्धता जनाएका रकमको वास्तविक अवस्था, उक्त रकम खर्च गर्ने मोडल, कार्ययोजना, नीतिगतप्रक्रिया सम्बन्धी विस्तृत जानकारी सार्वजनिक गर्न समेत समितिले निर्दिष्ट गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL