Logo

सुनचाँदीको मूल्य घट्यो, प्रतितोला ९४ हजार ६ सयमा कारोबार हुँदैं

सुनचाँदीको मूल्य घट्यो, प्रतितोला ९४ हजार ६ सयमा कारोबार हुँदैं



काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ३ सयले घटेर ९४ हजार ३ सयमा कारोबार भइरहेको छ ।

यसअघि आइतबार छापावाला सुन तोलाको ९४ हजार ६ सयमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ८ सय रहेको छ ।

त्यसैगरी सोमबार चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर प्रतितोला १२८० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL