Logo

गोरखामा राहत पठाउन प्रमको निर्देशन, नेपाली सेनाको टोलि आइतवार जाँदै

गोरखामा राहत पठाउन प्रमको निर्देशन, नेपाली सेनाको टोलि आइतवार जाँदै


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सरकारले हिमपातपछि बिचल्लीमा परेका भूकम्पपीडितहरुको उद्धारका लागि गोरखाको बारपाक र लाप्राक क्षेत्रमा नेपाली सेनाको हेलिकोप्टरसहितको टोली पठाउने भएको छ ।

आइतवार सिहंदरबारमा बसेको राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले हिमपातका कारण प्रभावित गोरखाका भूकम्पपीडितहरुलाई उद्धारका लागि हेलिकोप्टरसहित नेपाली सेनाको टोली पठाउन निर्देशन दिएका हुन्। सो अवसरमा सुरक्षा निकायका प्रमुखहरुहरुको पनि उपस्थिती रहेको थियो ।

प्रधानमन्त्री ओलीले हिमपातपछि प्रभावित भूकम्प पीडितहरुलाई राहत सामाग्री वितरण गर्न निर्देशन समेत दिएका छन् । हिमपातका कारण टहरोमा बसेका भूकम्पपीडितहरु वाहिरसम्म निस्किन नसक्ने अवस्था आएको समाचार सार्वजनिक भएपछि प्रधानमन्त्री ओलीले गृह र रक्षामन्त्रीसहितको आकस्मिक बैठक बोलाएर तत्काल राहतका कार्यक्रम लैजान निर्देशन दिएका हुन्।

प्रधानमन्त्रीको निर्देशनपछि नेपाली सेनाको एक टोली राहत सामाग्री लिएर प्रभावित क्षेत्रका भूकम्पपीडितको उद्धारका लागि हेलिकोप्टरमार्फत आइतवार नै गोरखा जाने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL