Logo

सुनचाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनचाँदीको मू ल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला २ सयले बढेर ९४ हजार ६ सयमा कारोबार भइरहेको छ ।

यसअघि शुक्रबार छापावाला सुन तोलाको ९४ हजार ४ सयमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९४ हजार १ सय रहेको छ ।

त्यसैगरी आइतबार चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर प्रतितोला १२९५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL