काठमाडौं । काठमाडौं महानगरपालिकाले उपत्यकाको कूकूर नियन्त्रणका लागि अभियान शुरु गर्ने भएको छ । महानगरले उपत्यकाका कूकूर नियन्त्रण आयोजना स्थपना गरी कूकूर व्यवस्थापन गर्न लागेको हो ।
आगामी ३ बर्षभीत्र उपत्यकाका कूकूर नियन्त्रण गर्ने उद्देश्यका साथ आयोजना स्थापना गरेको महानगरका कार्यकारी निर्देशक रुद्रसिंह तामाङ्गले जानकारी दिए । ‘कूकूर नियन्त्रणका लागि ३ करोड ५० लाख रुपैयाँ छुट्याइएको छ’ उनले भने ‘अव चाँडैनै यसको नियन्त्रण शूरु गर्ने छौं ।’
सरकारले सिंहदरबारबाट कूकूर हटाउन महानगरलाई निर्देशन दिएसँगै यस्तो अभियान शूरु गर्न लागेको हो । उपत्यकामा कूकूरको संख्या बढेसँगै समस्या बढेको छ । यसले शहरको सुन्दरतालाई समेत विगारको तामाङ्गले जानकारी दिए ।
उनका अनुसार हाल हयुमन सोसाइटि इन्टरनेशनलसँग कूकूर नियन्त्रणमा समन्वय गर्ने सम्वन्धमा छलफल भइरहेको छ । सो का लागि आवश्यक पूर्वाधार भने महानगरले उपलब्ध गराउने बताइएको छ ।