Logo

सुन एकैदिन तोलामा १३ सयले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

सुन एकैदिन तोलामा १३ सयले बढ्यो, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा आज (बिहीबार सुनचाँदीको मुल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १३ सयले बढेर ९४ हजारमा कारोबार भइरहेको छ ।

यसअघि बुधबार छापावाला सुन तोलाको ९२ हजार ७ सयमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ५ सय रहेको छ ।

त्यसैगरी विहिबार चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेर प्रतितोला १२७० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL