Logo

उपत्यकाका ३ स्थानमा अपांगमैत्री आकासे पुल बनाइदै, व्यवसायीक प्रयोजनका लागि नदिइने

उपत्यकाका ३ स्थानमा अपांगमैत्री आकासे पुल बनाइदै, व्यवसायीक प्रयोजनका लागि नदिइने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले उपत्यकाका ३ स्थानमा अपांगमैत्री आकासे पुल निर्माण गर्ने भएको छ । महानगरले त्रिपुरेश्वर, नयाँ बानेश्वर र चावहिलमा त्यस्ता खालका आकासेपुल निर्माण गर्न लागेको महानगरपालिकाका पव्लिक वर्क कन्स्ट्रक्सन प्रमुख डा.उत्तरकुमार रेग्मीले जानकारी दिए । ‘पुल निर्माणका लागि हाल माटो परिक्षणको काम भइरहेको छ,’ उनले भने, ‘त्यसको नतिजा आएसँगै अन्य प्रक्रिया अघि बढाउने छौं ।’

उनका अनुसार अपाङगता भएका व्यक्तिहरुलाई लक्षित गरी त्यस्ता पुल बनाउन लागिएको हो । अव बन्ने आकासे पुल देख्दा पनि आकर्षक हुने छ । ‘आकासे पुलले उपत्यकाको सौन्दर्य बढाओस भन्ने अपेक्षा अनुसार डिजाइन गरिने छ,’ उनले भने, ‘नयाँ बन्ने पुल कुनै पनि व्यवसायीक प्रयोजनका लागि प्रयोग गर्न दिइदैन ।’ हाल सञ्चालनमा रहेका आकासे पुलहरु अपांगमैत्री छैनन् ।

प्रतिक्रिया दिनुहोस्
MBL