Logo

सुन तोलामा ४ सयले बढ्यो, प्रतितोला ९२ हजार ७ सयमा कारोबार हुँदैं

सुन तोलामा ४ सयले बढ्यो, प्रतितोला ९२ हजार ७ सयमा कारोबार हुँदैं



काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनको मुल्यमा वृद्धि भएको छ भने चाँदीको मुल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ४ सयले बढेर ९२ हजार ७ सयमा कारोबार भइरहेको छ ।

यसअघि मंगलबार छापावाला सुन तोलाको ९२ हजार ३ सयमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार २ सय रहेको छ ।

त्यसैगरी बुधबार चाँदीको मूल्य स्थिर रहदै प्रतितोला १२५० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL