Logo

समन्वय नहुँदा विकासले गति लिन सकेन, एकिकृत विकासको अवधारणा ल्याएको तामाङको भनाइ

समन्वय नहुँदा विकासले गति लिन सकेन, एकिकृत विकासको अवधारणा ल्याएको तामाङको भनाइ


बिजखबर संवाददाता
0
Shares

ललितपुर । समन्वय नहुँदा विकासले समय अनुसार गति लिन नसकेको सरोकारवालाहरुले बताएका छन् । काठमाडौं महानगरको विकासले गति लिन नसकेको सन्दर्भ जोड्दै सरकार र महानगरले बनाउने कार्ययोजनामा समन्वय अभाव भएको सरोकारबालाहरुले बताएका हुन् ।

शुक्रवार काठमाडौँ महानगरपालिकाको अगुवाईमा आयोजित काठमाडौँ उपत्यकाको एकीकृत विकासको प्रारुप विषयक दुई दिने कार्यशालामा सङघीय मामिला तथा स्थानीय विकास राज्यमन्त्री बिराजबहादुर बिष्टले समय अनुसारको विकासका लागि युवा वर्गले नयाँ तरिकाबाट नयाँ कामको सुरुवात गर्नुपर्ने बताए । साथै सम्वन्धित निकायले सरकारसँगको सहकार्यमा विकास निर्माणको काम गर्नु पर्ने जानकारी दिए ।

सोही अवसरमा सांसद् उदयशमशेर जबराले विकासको लागि योजना धेरै बनेपनि कार्यान्वयन हुन नसक्दा समस्या देखिएको बताए । साथै, कार्यान्वयन हुन सक्ने योजनामात्र बनाउन सुझाए । उनले नयाँ बनेको नगरपालिकामा योजना सहितको विकाश आवश्यक रहेको औल्याए ।

कार्यक्रममा प्रसाशकीय अदालतका अध्यक्ष काशिराज दाहालले राजनीति  र अर्थतन्त्र सबल हनुपर्नेमा जोड दिए । राजनीतिक अस्थिरता र आर्थिक दुर्वलता विकासका बाधक हुन नहुने उनको भनाइ थियो ।

महानगरापलिकाका कार्यकारी अधिकृत रुद्रसिंंह तामाङले काठमाडौं उपत्यकाको एकीकृत विकास अवधारणा विषयक कार्यपत्र प्रस्तुत गर्दै समृद्ध महानगरका लागि एकीकृत विकासको अवधारणालाई आत्मसाथ गरेर अघि बढ्पर्ने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL