Logo

सुनको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला २ सयले घटेर ९२ हजार ३ सयमा कारोबार भइरहेको छ ।

यसअघि सोमबार छापावाला सुन तोलाको ९२ हजार ५ सयमा कारोबार भएको थियो ।

त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ८ सय रहेको छ । त्यसैगरी मंगलबार चाँदीको मूल्य स्थिर रहदै प्रतितोला १२५० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL