Logo

हावाबाट विजुली निकाल्न लगानी बोर्डले थाल्यो गृहकार्य, जताततै समस्या नै समस्या

हावाबाट विजुली निकाल्न लगानी बोर्डले थाल्यो गृहकार्य, जताततै समस्या नै समस्या


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । लगानी बोर्डले हावाबाट विजुली उत्पादन गर्ने प्रक्रियालाई द्वुत गतिमा अघि बढाएको छ । हाल विभिन्न कम्पनीले विजुली निकाल्नका लागि प्रस्ताव पेश गरेको र सो विषयमा विस्तृत जानकारी माग गरेको बोर्डका सीईओ राधेश पन्तले जानकारी दिए ।

बोर्डका अनुसार हावाबाट विजुली निकाल्नका लागि गोरखा युके कम्पनीले प्रस्ताव समेत पेश गरेको छ । सो कम्पनीले मुस्ताङमा हावाबाट विजुली निकाल्न सकिने बताएको छ । साथै विश्व बैंकले पनि विभिन्न ५ स्थानमा सम्भाव्यता अध्ययन गरिरहेको बोर्डले जानकारी दिएको छ ।

तर, हावाबाट विजुली निकाल्ने विषयमा धेरै समस्या भएको पन्तले जानकारी दिए । ‘कुन स्थानमा कति क्षमताको निकाल्न सकिन्छ भन्ने जानकारी नै छैन,’ उनले भने, ‘साथै यस विषयमा स्पष्ट नीति समेत बनेको छैन ।’ बिजुली निकाल्नका लागि ट्रान्समिसन लाइनको मुख्य समस्या रहेको समेत उनको भनाइ थियो ।

यसैगरी, क्षमताको विषयमा सम्भाव्यता अध्ययन, स्थान तथा लागतको वारेमा पनि विस्तृत छलफल हुनुपर्ने उनको भनाइ थियो । विजुली निकाल्नु पूर्व हावाको गति मापन जरुरी भएको भन्दै सो कार्यकै लागि १ वर्षभन्दा बढी समय लाग्ने बोर्डले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL