Logo

नेपाली सेनालाई चीनको सहयोग, तीन लाख डोज भेरोसेल खोप तथा स्वास्थ्य सामग्री हस्तान्तरण

नेपाली सेनालाई चीनको सहयोग, तीन लाख डोज भेरोसेल खोप तथा स्वास्थ्य सामग्री हस्तान्तरण



काठमाडौँ । चिनियाँ राजदुत होउ यान्छीले नेपाली सेनालाई दिएको ३ लाख डोज भेरोसेल खोप हतान्तरण गरेकी छन् । मित्रराष्ट्र चीनको जनमुक्ति सेनाद्वारा नेपाली सेनालाई सहयोग स्वरुप प्रदान गरिएको १० थान भेन्टिलेटर र १०० थान अक्सिजन कन्सन्ट्रेटरसहित ३ लाख डोज कोभिड(१९ को भेरोसेल खोप जंगी अड्‍डामा आयोजित एक कार्यक्रमकाबीच राजदूत यान्छीले प्रधानसेनापति प्रभुराम शर्मालाई हस्तान्तरण गरेकी हुन् ।

नेपाली सेनाका रथीवृन्द तथा अधिकृतहरुको उपस्थिति रहेको उक्त हस्तान्तरण कार्यक्रममा प्रधानसेनापति शर्माले यस सहयोगको लागि मित्रराष्ट्र चीन तथा चिनियाँ जनमुक्ति सेनालाई धन्यवाद ज्ञापन गरेका थिए ।

यस किसिमको सहयोगबाट नेपाली सेनाका सकलदर्जा एवं प्राथमिकताका आधारमा हिताधीकारीहरु समेत लाभान्वित हुने र यसबाट महामारी बिरुद्धको लडाइमा नेपाली सेना थप प्रभावकारी रुपमा नेपाली जनताको सेवामा लाग्न सक्षम हुने तथा दुई देशका सेनाबीच रहेको सम्बन्ध थप मजबुद हुने नेपाली सेनाले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL