Logo

आईएमईको छात्रवृत्ति वितरण शुरु, पहिलो चरणमा शाह र साउदलाई

आईएमईको छात्रवृत्ति वितरण शुरु, पहिलो चरणमा शाह र साउदलाई


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । आईएमई लिमिटेड र ग्लोबल आईएमई बैंकले आईएमई ग्लोबल आईएमई आकांक्षा छात्रवृत्ति वितरण शुरु गरेको छ । हिसान तथा प्याब्सनको सहकार्यमा सो छात्रवृत्ति वितरण गरिएको हो ।

बिहीवार कलंकीस्थित एडमार्क कलेजबाट छात्रवृत्ति पाएका छात्र कृष्णबहादुर साउदलाई आईएमई बैंकका वरिष्ठ उपप्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल र आईएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले संयुक्त रुपमा चेक हस्तान्तरण गरे ।

त्यस्तै आईएमई लिमिटेड र ग्लोबल आईएमई बैंकमा कार्यरत बरिष्ठ पदाधिकारीहरुले कुमारीपाटी ललितपुरस्थित ओमेगा कलेजमा अध्ययनरत छात्रा लक्ष्मी शाहलाई चेक हस्तान्तरण गरेका थिए ।

भूकम्पले अति प्रभावित १४ जिल्लालगायत देशभरका स्कुल र कलेजमा अध्ययनरत विद्यार्थीमध्येबाट १ सय जनालाई यस्तो छात्रवृत्ति उपलब्ध गराईएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL