Logo

नेपाली बजारमा रियलमीलको ‘जीटी नियो २’ फोन आउँदैं, कार्तिक २४ मा सार्वजनिक हुने

नेपाली बजारमा रियलमीलको ‘जीटी नियो २’ फोन आउँदैं, कार्तिक २४ मा सार्वजनिक हुने



काठमाडांै । तिव्र गतिमा आफ्नो बजार विस्तार गरिरहेको स्मार्टफोन ब्रान्ड रियलमीले फ्लागसिप किलर जीटी सिरीज अन्तर्गत रियलमी जीटी नियो २ नेपाली बजारमा यही कार्तिक २४ गते ल्याउने घोषणा गरेको छ । यो फोन आकर्षक शुरुवाती मूल्यमा उपलब्ध हुनेछ । जीटी सिरीज रियलमीको फ्लागसिप सिरीजअन्तर्गत पर्दछ जसमा प्रविधि प्रेमीहरुको लागि नवीन प्रविधि र आकर्षक डिजाइन विशेषताका रुपमा रहेका छन् ।

अधिकांश स्मार्टफोनहरुले जीटी सिरीजको फ्लागसिप को व्यापक अनुभव गराउन सक्दैनन् । रियलमीले यस किसिमका प्रयोगकर्ताहरुको माग पुरा गर्ने लक्ष्य राखेर रियलमी जीटी नियो सिरीज लिएर आउँदैछन् । चीनको बजारमा सफल भइसकेको रियलमी जिटी नियो १० लाख भन्दा धेरै विक्री भइसकेको छ ।

नियो फ्लागसिप किलर जसरी प्रस्तुत गरिएको रियलमी जीटी सिरीज को रियलमी जीटी नियो २ मा क्वालकम स्नापड्रागन ८ सिरीज मोबाइल प्लाटफर्म, अभूतपूर्व कुलिङ्ग सिस्टम, अल्ट्रा– हाइ नमुना दर र शक्तिशाली ब्याट्री लाइफ रहेको छ जसको घोषणा सामाजिक सञ्जाल मार्फत रियलमीका को सीएमओ र चेसले गरेको थियो ।

डिजाइन सधैं रियलमी जीटी सिरीजको महत्वपुर्ण पक्ष रहेको छ, र यसपटक रियलमी जीटी नियो २ उच्च प्रविधि र जीवन्नतताको अवधारणा प्रस्तुत गर्नको लागि आकर्षक रंग नियो ग्रीनमा उपलब्ध हुनेछ । मूल्य घटाउनको लागि जीटी नियो २ ले गुणस्तरमा सम्झौता गर्दैन । सुपथ मूल्यमा समग्र रुपमा सुझबुझका साथ फरक दृष्टिकोण लिएर फ्लागसिप को आकर्षक अनुभव प्रदान गराउँदै उत्कृष्ट प्रदर्शन गर्ने स्मार्टफोन उपलब्ध गराउँदैछ ।

प्रतिक्रिया दिनुहोस्