काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनचाँदीको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला २ सयले बढेर ९२ हजारमा कारोबार भइरहेको छ ।
यसअघि सोमबार छापावाला सुन तोलाको ९१ हजार ८ सयमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ५ सय रहेको छ ।
त्यसैगरी मंगलबार चाँदीको मूल्य रु। ५ ले बढेर प्रतितोला १२५० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।