Logo

उडान भर्न लागेको सीता एयरको जहाज ठूलो दुर्घटना हुनबाट यसरी बच्यो

उडान भर्न लागेको सीता एयरको जहाज ठूलो दुर्घटना हुनबाट यसरी बच्यो



काठमाडौं । नेपालगञ्जबाट हुम्ला उडान भर्न लागेको सीता एयरको जहाजले बँदेलको बच्चालाई ठक्कर दिएपछि सामान्य दुर्घटना भएको छ । नेपालगञ्ज विमानस्थलबाट मंगलबार बिहान ७ बजे हुम्ला जान लागेको जहाजले धावनमार्गमा बँदेलको तीन बच्चालाई ठक्कर दिएको हो ।

चालकदलसहित १७ जना यात्रु राखेर जहाज हुम्लाका लागि उड्न लागेको जहाज बँदेलको बच्चालाई ठक्कर दिएको जहाज ठूलो दुर्घटना हुनबाट भने बचेको छ । चालक दलसहित सबै यात्रु सकुशल रहेका छन् ।

अहिले जहाजलाई रन वेबाट बाहिर निकालेर नियमित उडान सञ्चालन गरिएको विमानस्थल कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL