काठमाडौं । चीनको बेइजिङ स्थित नेपाली राजदुताबासले चीनीयाँ नागरिकलाई फ्रि भिसा उपलब्ध गराइने निकायबारे जानकारी दिएको छ । राजदुतावासले प्रेस विज्ञप्ति जारी गरी यस्तो जानकारी दिएको हो ।
दूतवासका अनुसार वेइजिङको दूतावास, ल्हासा,सांघाई तथा हङकङको महावाणिज्य दूतावासबाट भिसा उपलब्ध गराइने छ ।
सरकारले निःशुल्क भिसा दिएसँगै नेपाल आउने चीनियाँ पर्यटकको संख्या बढ्ने अनुमान गरिएको छ । नेपाल सरकारले चिनीयाँ पर्यटकलाई १५,३० र ९० दिने भिसा दिनेछ ।