Logo

कति छ आज नेपाली बजारमा सुनचाँदीको मूल्य ? घट्यो कि बढयो

कति छ आज नेपाली बजारमा सुनचाँदीको मूल्य ? घट्यो कि बढयो



काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ३ सयले घटेर ९१ हजार ७ सयमा कारोबार भइरहेको छ ।

यसअघि शुक्रबार छापावाला सुन तोलाको ९२ हजारमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार २ सय रहेको छ ।

त्यसैगरी आइतबार चाँदीको मूल्य रु। ५ घटेर प्रतितोला १२४० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL