Logo

हाफिङटन पोष्टले देखायो नेपाल घुम्नैपर्ने ५ कारण, ‘नेपाल जानुस जीवननै परिवर्तन हुनेछ’

हाफिङटन पोष्टले देखायो नेपाल घुम्नैपर्ने ५ कारण, ‘नेपाल जानुस जीवननै परिवर्तन हुनेछ’


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । भुकम्पले नेपालका केही स्तुपा तथा स्तम्भ,मन्दिर लगायतसांस्कृतिक धरोहर  विग्रिएको छ । तर नेपालीको मन तथा प्राकृतिक सौन्दर्यमा दाग लागेको छैन । नेपालको सांस्कृतिक विविधता तथा नेपालीहरुको रहनसहन हेर्न एक पटक नेपाल जान हाफिङटन पोष्टले सुझाव दिएको छ । ‘नेपाल जानुहोस तपाँईको जीवन परिवर्तन हुनेछ ’ हाफिङटनले लेखेको छ ।

हाफिङटन पोष्टमा लेखिएका नेपाल घुम्नु पर्ने ५ कारणहरु

राजधानीको सांस्कृतिक विविधताबारे जान्न

patan
राजधानीको सास्कृतिक विभिधताले गर्दा तपाँईलाई त्यहाँ १ हप्ता वा एक महिना सजिलै विताउन सक्नुहुनेछ । जहाँ दरबार स्क्वायर, बौद्धनाथलगायत घुम्नैपर्ने स्थानहरु छन् । काठमाडौंमा हन्दु, बुद्धिष्ट तथा क्रिस्चियन जुनसुकै धर्म मान्ने मानिस तथा तिनिहरुको रहनशहन बारे जान्न सकिन्छ ।

विश्वकै फ्रेन्डली मानिसहरुसँग भेट्न
touristगत बैशाखमा गएको ७ दशमलव ८ रेक्टरको भुकम्पले नेपालीहरुको सदभाव तथा मिलनसार स्वभावलाई असर गरेन । त्यहाँ पुग्नेवित्तिकै पाइने नमस्ते र मुस्कानसहितको स्वागतले जोकोहिलाई लोभ्याउछ ।
त्यस्तै नेपालीहरु आफ्नो संस्कृतिका बारेमा जानकारी दिन तत्पर रहेको देख्न सकिन्छ । त्यस्तै पर्यटकीय क्षेत्र वरपरका तथा अन्य युवाहरुको अंगे्रजी भाषा पनि राम्रो भएकोले भाषिक समस्या पनि हुँदैन ।

आँखाले देख्दा पनि पत्याउन नसकिने सुन्दरताchinese

नेपालमा धेरै क्यामरामा कैद गर्न प्रेरित गर्ने दृष्यहरु छन् । भक्तपुर दरवार स्क्वायर, फेवा, रारा ताल, नारायणी नदीलगायत धेरै रोमाञ्चक दृष्यहरु छन् । नेपाल घुम्न जानलाग्दै हुनुहुन्छ भने गुणस्तरिय क्यामरा साथमा राख्न नविर्सो ।

औला चाट्न मनलाग्ने खाना

momo
नेपाली परिकारहरु प्राय चटपटे प्रकारको हुन्छ । प्राय रेष्टुरेन्टमा मम पाइन्छ । त्यस्तै दाल, गुन्द्रकको तरकारी तथा अचारलगायत खानाले सवैको मन लोभ्याउछ । नेपालको अर्को विशेषता भनेको नेपाली चियापती हो ।

तपाँईको खर्च भूकम्पपिडीतका लागि अमूल्य सहयोग हुन सक्छ 
नेपाल घुम्न गएर तपाँइले खर्च गर्ने पैसाबाट त्यहाँका भुकम्प पीडितहरुले खान पाउने छन् । तपाँइको पैसाले सायद भुकम्प पिडीतको जीवन सहज हुनसक्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL