Logo

लोडसेडिङ बढेसँगै पानी दिन नसक्ने केयुकेलको भनाइ, पानी उत्पादन नै घट्यो

लोडसेडिङ बढेसँगै पानी दिन नसक्ने केयुकेलको भनाइ, पानी उत्पादन नै घट्यो


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । लोडसेडिङ बढेसँगै पानी उत्पादनमा कमी आएकोले वितरणमा समस्या आउने काठमाडौैं उपत्यका खानेपानी लिमिटेडले बताए । ‘सुख्खा मौसम र लोडसेडिङ बढ्दा पानी उत्पादनमा निकै कमी आएको छ,’ केयुकेलद्वारा जारी विज्ञप्तीमा उल्लेख छ, ‘जसले गर्दा ग्राहकलाई अहिलेकै अवस्थामा पानी दिन सकिने छैन ।’

विशेषगरी बालाजु पानी पोखरीबाट वितरण हुने खानेपानीमा समस्या आएको केयुकेएलले जानकारी दिएको छ । हाल सो स्थानबाट १३ दिन विराएर आपूर्ति हूँदै आएकोमा आगामी दिनमा दिन नसकिने बताएको छ ।

त्यसैगरी अन्य स्थानमा पनि पानी उत्पादन कम भएको केयुकेएलले बताएको छ ।

kukl

प्रतिक्रिया दिनुहोस्
MBL