Logo

भारतमा कोरोना सङ्क्रमितको कूल संख्या ३ करोड ४२ लाख ४६ हजार पुग्यो, साढे ४ लाखले गुमाए ज्यान

भारतमा कोरोना सङ्क्रमितको कूल संख्या ३ करोड ४२ लाख ४६ हजार पुग्यो, साढे ४ लाखले गुमाए ज्यान



काठमाडौं । भारतमा गएको २४ घण्टामा १४ हजार ३ सय ८४ जना कोरोनाका सङ्क्रमति थपिएपछि कूल सङ्क्रमितको संख्या ३ करोड ४२ लाख ४६ हजार १ सय ५७ पुगेको केन्दीय स्वास्थ्य मन्त्रालयले शुक्रबार जानकारी दिएको छ । सोही अवधीमा कोरोना सङ्क्रमणबाट ८ सय ५ जनाको मृत्यु भएपछि यस रोगबाट ज्यान गुमाउनेको कूल संख्या ४ लाख ५७ हजार १ सय ९१ पुगेको छ । एकै दिनमा कोरोनाबाट ज्यान गुमाएका यी व्यक्तिहरुमा ७ सय ८ जना केरला राज्यका रहेका छन् ।

हाल भारतमा १ लाख ६१ हजार ३ सय ३४ जना सक्रिय सङ्क्रमित रहेका छन् । भारतमा कोरोना शुरु भएदेखि ३ करोड ३६ लाख २७ हजार ६ सय ३२ जना व्यक्ति कोरोना मुक्त भएका छन् । गत २४ मात्र १३ हजार १ सय ९८ जना कोरोना मुक्त भएका पनि समाचारमा जनाइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्
MBL