Logo

सवैभन्दा बढी खर्च गर्ने पर्यटकमा चिनीयाँ, हेर्नुहोस कसले कति खर्च गर्छन् ?

सवैभन्दा बढी खर्च गर्ने पर्यटकमा चिनीयाँ, हेर्नुहोस कसले कति खर्च गर्छन् ?


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । विश्वका कुन राष्ट्रका पर्यटकले सवैभन्दा बढी पैसा खर्च गर्छन् होला? उत्तर आउन सक्छ अमेरिका । तर युनाइटेड नेशन्स वल्र्ड टुरिजम अर्गनाइजेशनका अनुसार चीनका पर्यटक सवैभन्दा बढी खर्च गर्नेमा पर्छन् ।

सो अर्गनाइजेशनका अनुसार २०१४ मा चीनीयाले १ सय ६४ दशमलव ९ विलियन डलर खर्च गरेका थिए । यो २०१३ को तुलनामा २७ प्रतिशतले बढी हो । चीनमा विदेश भ्रमणका लागि जाने नागरिकको संख्या बार्षिक रुपमा बढ्दै गएको देखिन्छ ।

चीनको जनसंख्याको ६ प्रतिशत भन्दा कमले मात्र पासपोर्ट लिने गरेका छन् । त्यस्तै बढी पैसा खर्च गर्ने दोश्रो राष्ट्रमा भने अमेरिका रहेको छ । त्यहाँका नागरिकले १ सय १० दशमलव ८ विलियन रकम खर्च गर्ने पाइएको छ ।

त्यसैगरी जर्मनी, युके, रुस र फ्रान्स क्रमश तेस्रो, चौथो,पाँचौ र ६औं नम्बरमा परेका छन् ।

table

प्रतिक्रिया दिनुहोस्
MBL