Logo

एआइआइबीका सञ्चालकको वार्षिक बैठक सम्पन्न, जलवायु वित्तकोषअन्तर्गत सहयोग प्राप्त गर्नेमा नेपाल विश्वस्त

एआइआइबीका सञ्चालकको वार्षिक बैठक सम्पन्न, जलवायु वित्तकोषअन्तर्गत सहयोग प्राप्त गर्नेमा नेपाल विश्वस्त



काठमाडौँ । एसियाली पूर्वाधार लगानी बैंक (एआइआइबी) का सञ्चालकको छैटौँ वार्षिक बैठक सन् २०२२ को डिसेम्बरसम्म रुसी महासङ्घलाई अध्यक्ष पदमा निर्वाचित गर्ने प्रस्ताव पारित गर्दै संयुक्त अरब इमिरेट्सको अबुधाबीमा मङ्गलबार सम्पन्न भएको छ ।

भिडियो कन्फ्रेन्स मार्फत बैठकलाई सम्बोधन गर्दै अर्थसचिव मधुकुमार मरासिनीले जलवायु परिवर्तनसँग लड्न सबै अन्तर्राष्ट्रिय समुदायको विश्वव्यापी ऐक्यबद्धता र सहकार्यमा जोड दिएको अर्थमन्त्रालयले जनाएको छ ।

बैंकले जलवायु वित्तकोषअन्तर्गत नेपाललाई विशेष लगानीका साथै जलवायु मैत्री दिगो वृद्धिका निम्ति सहयोग गर्नेमा नेपाल विश्वस्त रहेको सविच मरासिनीले बताएको उक्त मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । जलवायु वित्त बैठकलाई पनि उनले सम्बोधन गरेका थिए । बैंकको सातौँ वार्षिक बैठक सन् २०२२ मा रुसमा आयोजना गर्ने निर्णय पनि बैठकले गरेको छ ।

त्यसअघि बैंकका अध्यक्ष जिन लिक्वनले समावेशी, समतामूलक र दिगो भविष्य निर्माण गर्ने प्रतिबद्धतालाई सामूहिकरूपमा पूरा गर्न सबै मोर्चामा निजी क्षेत्रको सहभागिता अपरिहार्य भएको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्