Logo

५९ सांसदको समर्थनसहित मुख्यमन्त्रीमा राजेन्द्र पाण्डेको दाबी, मुख्यमन्त्री बन्ने पक्का

५९ सांसदको समर्थनसहित मुख्यमन्त्रीमा राजेन्द्र पाण्डेको दाबी, मुख्यमन्त्री बन्ने पक्का



काठमाडौं । बागमती प्रदेशको मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्र पाण्डेले दाबी गरेका छन् । उनले नेपाली कांग्रेस, माओवादी, नेकपा समाजवादीलगायत पाँच दलीय गठबन्धनको समर्थनमा बागमती प्रदेशको मुख्यमन्त्रीमा दावी गरेका हुन् ।

बुधबार (आज) नै बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिएपछि प्रदेश प्रमुख यादवचन्द्र शर्माले भोलि बिहीबार ३ बजेसम्म समय दिएर ुख्यमन्त्रीका लागि दाबी पेश गर्न आह्वान गरेका थिए । सोही अनुरुप पाण्डेले ५९ सांसदको समर्थनसहित मुख्यमन्त्रीमा दावी गरेका हुन् ।

बागमती प्रदेशमा हाल १०९ जना संसद रहेका छन् । मुख्य मन्त्री हुनका लागि ५५ जना संसदको समर्थन चाहिन्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL