Logo

बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि आब्हान, बिहीबार ३ बजेसम्म दावी गर्न सकिने

बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि आब्हान, बिहीबार ३ बजेसम्म दावी गर्न सकिने



काठमाडौं । बागमती प्रदेशमा नयाँ सरकार गठनको आह्वान भएको छ । प्रदेश प्रमुख यादवचन्द्र शर्माले बिहीबार दिउँसो ३ बजेसम्म मुख्यमन्त्री पदमा दावी गर्न आह्वान गरेका हुन् ।

प्रदेशसभामा पेश गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमा मतदान हुनुअघि नै मुख्यमन्त्री शाक्यले बुधबार प्रदेश प्रमुखसमक्ष राजीनामा दिएकी थिइन् । सोसँगै प्रदेश प्रमुख शर्माले बहुमतको नयाँ सरकार गठनका लागि आह्वान गरेका हुन् ।

नेपालको संविधानको धारा १६८ को उपधारा २ अनुसार प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमतप्राप्त प्रदेशसभा सदस्यलाई बिहीबार दिउँसो ३ बजेसम्म मुख्यम्त्रीमा दावी पेश गर्न आह्वान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL