Logo

नेपाललाई विश्व बैंकले ७ अर्ब बढी सहयोग दिने, उच्च शिक्षामा उत्कृष्टता कार्यक्रममा खर्च गरिने

नेपाललाई विश्व बैंकले ७ अर्ब बढी सहयोग दिने, उच्च शिक्षामा उत्कृष्टता कार्यक्रममा खर्च गरिने



काठमाडौं । नेपालमा उच्च शिक्षामा उत्कृष्टता कार्यक्रमका लागि नेपाल सरकार र विश्व बैंकबीच सम्झौता भएको छ । मंगलबार यसका लागि शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालय, विश्वविद्यालय अनुदान आयोग, र विश्व बैंकबीच उच्च शिक्षालाई विशेष विकासका लागि ६ करोड (करीब ७ अर्ब २० करोड) अमेरिकी डलर बराबरको सम्झौता भएको हो ।

उक्त ५ बर्षे कार्यक्रमले नेपालको शिक्षा क्षेत्रको गुणस्तरसँगै श्रम बजारलाई आवश्यक पर्ने उचित श्रमशक्ती निर्माणमा सहयाग पर्याउने विश्वास गरिएको छ । यसमार्फत सहकार्यमुलक अनुसन्धान तथा अनलाईन शिकाईसँगै कमजोर तथा पहुँचमुक्त विद्यार्थीहरुलाई जोड्ने छ ।

मानव पूँजीमा लगानी गर्दा विद्यार्थीले सानो छँदादेखि वयस्क भईसकेसम्म नै आफ्नो विकास क्षमताको अनुभव गर्न सक्ने शिक्षा सचिव राम प्रसाद थपलिया बताउँछन् । कार्यक्रममा बोल्दै उनले यो कार्यक्रमले विभिन्न उद्योहरुसँगको सम्झौतासँगै उच्च शिक्षा पद्धति विकासमा सहयोग पुग्ने बताए । उनले यो कार्यक्रमले गरिव र उच्च शिक्षाको पहुँच बाहिर भएका विद्यार्थीहरुलाई सहयोग पुग्ने जानकारी दिएका छन् ।

यस्तै विश्व बैंकसँगको सहकार्यले नेपालको उच्च शिक्षालाई अनुसन्धान र नयाँ प्रयोगमा बढवा दिने विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष भिमप्रसाद सुवेदीले बताए । उनका अनुसार यसले नेपाली विद्यार्थीहरुलाई एशियाका सबै देशसँगै अन्य देशहरुसँग प्रत्यक्ष सहयोग पुग्नेगरी सहकार्य गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL