Logo

थप १० लाख २० हजार डोज भेरोसेल खोप नेपाल आइपुग्यो, अहिलेसम्म ६७ लाखले लगाए पूर्ण मात्रा खोप

थप १० लाख २० हजार डोज भेरोसेल खोप नेपाल आइपुग्यो, अहिलेसम्म ६७ लाखले लगाए पूर्ण मात्रा खोप



काठमाडौँ । चीनबाट थप १० लाख २० हजार डोज कोरोना विरुद्धको भेरोसेल खोप नेपाल आइपुगेको छ । बुधबार काठमाडौँ आइपुगेको चिनियाँ खोप कोभ्याक्ससँगको लागत सेयरिङ योजना अन्तर्गतको रहेको हो ।

सरकारले कोभ्याक्ससँग लागत सेयरिंग अन्तर्गत ५९ लाख ३६ हजार डोज भेरोसेल खोप खरिद गर्ने सम्झौता गरेको छ । यसमध्ये आज १० लाख २० हजार डोज खोप काठमाडौँ आइपुगेको छ ।

नेपाल सरकारले चीनबाट अहिलेसम्म अनुदान र खरिद गरेर एक करोड २० लाख डोज भेरोसेल खोप ल्याइसकेको छ । नेपालले हालसम्म कुल १ करोड ८९ लाख ५९ हजार तीन सय ३० डोज खोप प्राप्त गरेको छ ।

त्यस्तै अहिलेसम्म नेपालमा पहिलो मात्रा ८६ लाख ३२ हजार २९३ र पूर्ण मात्रा ६७ लाख ९ हजार ९०५ जनाले लगाइसकिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL