Logo

घटयो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

घटयो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ६ सयले घटेर ९२ हजारमा कारोबार भइरहेको छ ।

यसअघि मंगलबार छापावाला सुन तोलाको ९२ हजार ६ सयमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ५ सय रहेको छ ।

त्यसैगरी बुधबार चाँदीको मूल्य तोलामा रु। १५ ले घटेर प्रतितोला १२५० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL