Logo

चौधरी ग्रुपको विदेशमा थप लगानी विस्तार, जीबी फूड्स रसिया र सीआईएस बिजनेश स्पेनलाई अधिग्रहण गर्ने

चौधरी ग्रुपको विदेशमा थप लगानी विस्तार, जीबी फूड्स रसिया र सीआईएस बिजनेश स्पेनलाई अधिग्रहण गर्ने



काठमाडौं । नेपालको प्रमुख औधोगिक घरानाका रुपमा रहेको चौधरी ग्रुपले आफ्नो अन्तराष्ट्रिय व्यापार नेटवर्कमा थप बिस्तार गरेको छ । नेपाललगायत विश्वका विभिन्न देशमा उद्योग तथा व्यवसया गरिरहेको चौधरी ग्रुप अन्तरगतको सीजी फूड्सले रसिया र स्पेनमासमेत व्यवसाय विस्तार गरेको हो ।

चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले दिएको जानकारी अनुसार चौधरी ग्रुप अन्तर्गतको सीजी फूड्सले जीबी फूड रसिया र सीआईएस बिजनेस स्पेनलाई प्राप्ति (अधिग्रहण) गर्ने सम्झौतामा मंगलबार सम्झौता भएको छ ।

जीबी फूड्स रसिया र सीआईएसको स्वामित्व अबको केही साताभित्र चौधरी ग्रुपको सीजी फूड्स अन्तर्गत आउनेछ । सो सम्झौताको कारोबार रकम भने खुलाईको छैन् ।

कम्पनीले जीबी फूड्स प्राप्ति गरेसँगै कम्पनीले युरोप तथा कमनवेल्थ अफ इन्डिपेन्डेन्ट स्टेटमा सीजी फूडको बजार अझ बलियो हुने अपेक्षा गरेको छ ।


साथै कम्पनीले वितरण प्रणाली चुस्त बनाउँदै बढाउने समेत योजना बनाएको छ । हाल जीबी फूड्स पश्चिम यूरोप, रसिया तथा सीआईएस, बाल्टिक्स तथा अफ्रिकाका ३० देशमा फैलिएको छ ।

सिजी कर्प ग्लोबलका अध्यक्ष विनोदे चौधरीले भने, ‘मैले सधैं वाई वाई लाई बलियो ग्लोबल ब्रान्ड बनाउने सपना देखेको छु, र यो सपनालाई वास्तविकतामा परिणत गर्न पाउँदा म खुसी छु । मलाई विश्वास छ ग्यालिना ब्लान्का रसिया÷सीआईएससँगको यो कदम हाम्रो विश्वव्यापी यात्रामा कोसेढुङ्गा हुनेछ ।’

सिजी फुड एफएसिजी, हस्पिटालिटी, घरजग्गा, दूरसञ्चार, ऊर्जा, पूर्वाधार, वित्तीय सेवा र शिक्षा जस्ता क्षेत्रमा काम गर्ने नेपालस्थित सिजी कर्प ग्लोबलको फूड डिभिजन हो । हाल, सीजी फुड्सले नेपाल, भारत, सर्बिया, बंगलादेश र काजाकिस्तानमा चाउचाउ उत्पादन गरिरहेको छ भने इजिप्टमा एउटा प्लान्ट विकास भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्