Logo

फाइजरको १ लाख डोज खोप नेपाल आइपुग्यो, १२ वर्षदेखि १८ वर्षमुनिका किशोर-किशोरीलाई लगाइने

फाइजरको १ लाख डोज खोप नेपाल आइपुग्यो, १२ वर्षदेखि १८ वर्षमुनिका किशोर-किशोरीलाई लगाइने



काठमाडौं । अमेरिकाले नेपाललाई अनुदानस्वरुप प्रदान गरेको १ लाख ६ सय २० डोज फाइजर खोप नेपाल आइपुगेको छ । सोमबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा फाइजरको खोप आइपुगेको हो ।

अमेरिकाबाट आउने खोप १२ वर्षदेखि १८ वर्षमुनिका दीर्घरोगी किशोर–किशोरीलाई लगाइने स्वास्थ तथा जनसंख्या मन्त्रालयका प्रवक्ता तथा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर कृष्ण प्रसाद पौडेलले जानकारी दिएका छन् ।

तिहार र छठ पर्व सकिएपछि खोप कार्यक्रम सुरु हुने जनाइएको छ । यसअघि गत जुलाईमा १५ लाख ३० हजार डोज जोन्सन एन्ड जोन्सनको खोप पठाएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL