काठमाडौँ । अमेरिकाले नेपाललाई थप एक लाख डोज कोरोनाविरुद्धको खोप सहयोग गर्ने भएको छ ।
काठमाडौँस्थित अमेरिकी दुताबासले अमेरिकाले नेपाललाई एक लाख ६२० डोज फाइजरको कोरोनाविरुद्धको खोप सहयोग गर्ने जानकारी दिएको हो ।
अमेरिकाले यसअघि जोनसनले बनाएको १५ लाख डोज खोप सहयोग गरेको थियो । दूताबासले सो खोप सोमबार काठमाडौँ आउने बताएको छ ।