Logo

प्रदेश १ का मुख्यमन्त्री आचार्यले विश्वासको मत लिँदै, पाउलान मत ?

प्रदेश १ का मुख्यमन्त्री आचार्यले विश्वासको मत लिँदै, पाउलान मत ?



काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत आज लिने भएका छन । गत भदौ १० गते मुख्यमन्त्रीमा नियुक्त भएका उनले आज प्रदेशसभा बैठकमा विश्वासको मत लिने भएका हुन् ।

उनले शुक्रबार प्रदेशसभा बैठकमा विश्वासको मत सम्बन्धी प्रस्ताव पेस गरेका थिए । पछिल्लो समय एमाले २ भागमा विभाजन भएपछि उनी अल्पमतमा परेका थिए

। सोही अनुसार पनि आजको बैठकमा उनले विश्वासको मत नपाउने अनुमान गरिएको छ । सत्तारुढ दल एमालेसँग हाल सभामुखसहित ४१ जना सांसद छन् ।

विपक्षी गठबन्धनमा रहेको कांग्रेसका २१, माओवादी केन्द्रका १५, एकीकृत समाजवादीका १०, जसपाका तीन र संघीय लोकतान्त्रिक मन्चका एक जना सांसद छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL