Logo

बाढीपहिरोमा परी १११ जनाको मृत्यु, ३३ जना अझै बेपत्ता

बाढीपहिरोमा परी १११ जनाको मृत्यु, ३३ जना अझै बेपत्ता



काठमाडौं । कात्तिक एक गतेदेखि वर्षासँगै आएको बाढीपहिरोमा परी हालसम्म १ सय ११ जनाको मृत्यु भएको छ । राष्ट्रिय आपतकालिन कार्य संचालन केन्द्रका अनुसार शनिबार बिहानसम्म मृत्यु हुनेको संख्या १ सय ११ पुग्दा ३३ जना अझै बेपत्ता रहेका छन् ।

केन्द्रका अनुसार हालसम्म प्रदेश १ मा ६६ जना, सुदूरपश्चिम प्रदेशमा ३४ जना, कर्णाली प्रदेशमा ८ जना, लुम्बिनी प्रदेशमा दुई जना र बागमती प्रदेशमा एकजनाको मृत्यु भएको हो।

यस्तै सुदूरपश्चिम प्रदेशमा २० जना, प्रदेश १ मा ९ जना, लुम्बिनी प्रदेशमा दुई जना, प्रदेश २ र कर्णालीमा एक एक जना बेपत्ता भएका छन् ।

साथै प्रदेश १ मा १८ जना, सुदूरपश्चिम प्रदेशमा १३ जना र कर्णाली प्रदेशमा एक जना गरी जम्मा ३२ जना घाइते भएको केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL