Logo

आन्तरिक बजार प्रर्वद्धनका लागि भाटभटेनी हस्तकला कोसेली मेला हुने, २५ स्टल रहने

आन्तरिक बजार प्रर्वद्धनका लागि भाटभटेनी हस्तकला कोसेली मेला हुने, २५ स्टल रहने



काठमाडौं । नेपाल हस्तकला महासङ्घले नेपाली हस्तकलाको आन्तरिक बजार प्रर्वद्धनका लागि भाटभटेनी हस्तकला कोसेली मेला गर्ने भएको छ । महासङ्घले आज पत्रकार सम्मेलन गरी नेपाली हस्तकलाको आन्तरिक बजार प्रर्वद्धनका लागि यही कात्तिक ८ गतेदेखि १६ गतेसम्म भाटभटेनी हस्तकला कोसेली मेला आयोजना गर्न लागेको जानकारी दिएको हो ।

सम्मेलनमा मेलाका संयोजक विक्रमसिंह महर्जनले भाटभटेनी मेलामा नेपाली छालाजन्य सामग्री, पश्मिना, ऊन, नेपाली कागजलगायत हस्तकला सामग्रीका २५ स्टल राखिने जानकारी दिनुभयो ।

‘भदौ ८ गतेदेखि सुरु हुने मेलामा ८ गतेदेखि १० गतेसम्म नक्सालमा, ११ गतेदेखि १३ गतेसम्म ठिमीमा र १४ गतेदेखि १६ गतेसम्म कृष्णगल्लीमा रहेको भाटभटेनी सुपरमार्केटमा कोसेली मेला गर्न लागेका छौँ,’ उनले भने ।

सम्मेलनमा महासङ्घका अध्यक्ष सुरेन्द्रभाई शाक्यले नेपाली हस्तकला महँगो नभएकाले सजिलै आन्तरिक बजार प्रर्वद्धन गर्न सकिने बताए । हस्तकला महासङ्घले भाटभटेनी हस्तकला कोसेली मेलाका लागि अभिमुखीकरण कार्यक्रमसमेत सम्पन्न गरिसकेको छ ।

–––

प्रतिक्रिया दिनुहोस्