Logo

निजीक्षेत्रलाई उपप्रधानमन्त्री थापाको प्रश्न,‘संकटमा दुई नम्बरीले सहयोग गरे,एक नम्वरी व्यापारीले किन गरेनन ?’

निजीक्षेत्रलाई उपप्रधानमन्त्री थापाको प्रश्न,‘संकटमा दुई नम्बरीले सहयोग गरे,एक नम्वरी व्यापारीले किन गरेनन ?’


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । उपप्रधानमन्त्री कमल थापाले नाकाबन्दीमा उद्योगी व्यवसायीले सहयोग नगरेको गुनासो गरेका छन् । मंगलवार चेम्वर अफ कमर्सले आयोजना गरेको अन्तक्रिर्या कार्यक्रममा उनले यस्तो गुनासो गरेका हुन् । ‘सरकार अप्ठ्यारो स्थितीमा गुज्रिदा व्यापारिले सहयोग गर्नुको सट्टा उल्टै समस्या समाधान नगरे व्यवसाय बन्द गर्ने घुर्की लगाए’ उनले भने ।

कमजोर पक्षलाई देखाएर आफ्नो कर्तव्यबाट पछि नहट्न व्यापारीलाई सुझाव दिए । २०४५ मा पनि आफु परराष्ट्रमन्त्री भएको र त्यसबेला व्यवसायीले उत्साहका साथ सहयोग गरेको सन्दर्भ जोडेका थिए । थापाले ठट्टाको शैलीमा भने ‘बरु २ नम्वरी व्यापारीले सहयोग गरे’ ।

उपप्रधानमन्त्री थापाले नाकाबन्दीका बेलामा आपूर्ती व्यवस्थामा आयाल निगमले पनि ध्यान नदिएको गुनासो गरे । सो अवसरमा थापाले आर्थिक विकास तथा समृद्धिलाई व्यवहारमा परिणत गर्न सरकार लागि परेको जानकारी दिए । साथै यसका लागि सरकार र व्यवसायीले सहकार्य गर्नुपर्ने बताए । रक्सोल बाहेकका नाका खुलेकोले केही दिनमै आपूर्ती व्यवस्था सजिलो हुने बताए ।

सो अवसरमा उनले भारतका नेतृत्वमा नेपाललाई सहयोग गर्ने इच्छा रहेको पाइएको जानकारी दिए । ‘अव भारतसँगको सम्वन्धलाई नयाँ ढंगबाट निरन्तरता दिने छौं’ उनले भने । त्यस्तै चीनसँगको सम्वन्धलाई पनि नयाँ ढंगबाट परिभाषित गरिने उनले जानकारी दिए ।

उनले चीनसँग पारवाहन सन्धिको प्रस्तव गरेकोमा चीन सरकार सकारात्मक देखिएको समेत बताए । त्यसैगरी रसुवा केरुङ नाका बर्षभरी खुल्ला राख्नेलगायत सैद्धान्तिक योजनालाई संस्थागत बनाइने बताइएको छ ।

सो अवसरमा नेपाल चेम्वर अफ कमर्सका अभ्यक्ष राजेशकाजी क्षेष्ठले सरकारलाई विटुवीबाट इन्धन खरीद गर्न सुझाव दिएको थिए । साथै अभावका लागि स्टक राख्दा पनि व्यापारीलाई कारवाहीमा परिन्छकी भन्ने डर रहेको बताए । उनले भने ‘सरकारले स्टक राखभन्छ पुलिसले छापा मार्छ । यसले गर्दा उद्योगी व्यवसायी हतोत्साहि हुने जानकारी उनले दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL