Logo

बढ्यो सुनको मूल्य, प्रतितोला ९१ हजार ४ सयमा कारोबार हुँदैं

बढ्यो सुनको मूल्य, प्रतितोला ९१ हजार ४ सयमा कारोबार हुँदैं



काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला प्रतितोला १ सयले बढेर ९१ हजार ४ सयमा कारोबार भइरहेको छ ।

यसअघि सोमबार छापावाला सुन तोलाको ९१ हजार ३ सयमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९० हजार ९०० रहेको छ ।

त्यसैगरी बुधबार चाँदीको मूल्य पनि बढेर तोलामा १० रुपैँयाले बढेर प्रतितोला १२३५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL