काठमाडौं । एक्सेल डेभलपमेण्ट बैंक लिमिटेडले ४ कित्ता शेयर बराबर नयाँ १ दशमलव ०३७ कित्ता (४ः१.०३७०) को अनुपातमा हकप्रद शेयर जारी गर्र्ने भएको छ । बैंकले १ सय रुपैयाँ अंकित मूल्य रहका ५ लाख २५ हजार कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेकोे हो ।
हकप्रद शेयर निष्काशन माघ १० गते देखि फागुन १२ गते सम्म खुल्ला गर्ने बैंकले जानकारी दिएको छ ।
संस्थापक शेयरधनीहरुले एस क्यापिटल लिमिटेड, लालदरबार काठमाडौं, एक्सेल डेभलपमेण्ट बैंक बिर्तामोढ झापा तथा यसका सम्पूर्ण शाखा कार्यालय र एस डेभलपमेण्ट बैङ्क लिमिटेडका नक्साल तथा यसका सम्पूर्ण शाखा कार्यालयहरुबाट निवेदन दिन सक्ने बताइएको छ ।
गत आवमा बैंकले रू. ७ करोड खुद मुनाफा आर्जन गरेको थियो । त्यस्तै बैंकको हाल चुक्ता पूँजी रू.२० करोड ५० लाख रहेकोमा हकप्रद शेयर निष्काशन पछि चुक्ता पूँजी बढेर रू.२५ करोड ५० लाख पुग्नेछ ।