Logo

सुनको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । बुधबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला प्रतितोला १ सयले घटेर ८८ हजार ९ सयमा कारोबार भइरहेको छ ।

यसअघि मंगलबार छापावाला सुन तोला ८९ हजारमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ८८ हजार ४५० रहेको छ ।

त्यसैगरी बुधबार चाँदीको मूल्य भने स्थिर रहदै प्रतितोला ११५५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL