Logo

नेपाल महिला चेम्बरको दशैं–तिहार व्यापार मेला आजदेखि, अध्यक्ष मल्लले उद्घाटन गर्ने

नेपाल महिला चेम्बरको दशैं–तिहार व्यापार मेला आजदेखि, अध्यक्ष मल्लले उद्घाटन गर्ने



काठमाडौँ । नेपाल चेम्बर अफ कमर्स अन्तर्गतको नेपाल महिला चेम्बरले दशैं÷तिहार व्यापार मेला आयोजना गर्ने भएको छ । नेपालमा उत्पादन भएका अर्गानिक कृषि उत्पादन लगायत अन्य उपभोग्य बस्तुहरु प्रवद्र्धनको लागि दशै, तिहार व्यापार मेला २०२१ को आयोजना गर्ने भएको हो ।

मेला १३ गते विहान १० बजेदेखि साँझ ६ बजेसम्म सिटि सेन्टर कमलपोखरीमा आयोजना हुने जनाएको छ । उक्त कार्यक्रमको उद्घाटन नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लवाट हुने जनाइएको छ ।

नेपाली महिला उद्यमीहरुको प्रवद्र्धनका लागि गठन भएको नेपाल महिला चेम्बरले आयोजना गरेको उक्त मेलाबाट नेपालमा उत्पादन भएका कृषि योग्य अर्गानिक तथा अन्य उपभोग्य वस्तुहरुको प्रवद्र्धनमा महत्वपूर्ण योगदान दिने विश्वास लिईएको छ ।

नेपाल चेम्बर अफ कमर्स अन्तर्गत रही नेपाल महिला चेम्बरले देशको महिलाहरुको हकहितको संरक्षण गरि महिला उद्यमशीलता विकासको लागि नेपाल महिला चेम्बर गठन भएको र विगतमा महिला चेम्बरवाट विभिन्न प्रवद्र्धनात्मक कार्य हुंदै आईरहेको छ । यस मेलामा सहभागी हुन नेपाल महिला चेम्बरले आब्हान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL