काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले पछिल्लो समय सरकार र आन्दोलनकारी दुवै असम्वेदनशील तथा अराजक हुँदै गएको आराप लगाएका छन् । आन्दोलनकारी दलले उद्योग व्यवसाय गर्न नदिने तथा उद्योगनै जलाइदिने क्रम बढेको र सरकारले कुनै पनि किसिमबाट सुरक्षा नदिएको भन्दै गुनासो व्यक्त गरेका छन् ।
हाल तराइ क्षेत्रमा राज्यको उपस्थिती नै नभएको भन्दै व्यवसायीहरु पलायन हुने अवस्थामा पुगेको उनको भनाइ थियो । हाल राजधानीमै पनि व्यवसायी माथी आक्रमण हुने क्रम बढेको बताउँदै यसले व्यवसायीको आत्मवल नै गिराउने काम भइरहेको उनले जानकारी दिए ।
त्यसैगरी, पछिल्लो समय सरकारले व्यवसायीलाई कालोबजारीको नाममा जथाभावी समात्ने कार्य भइरहेको समेत उनले बताए । सामान्य रुपमा काम गरिरहेका व्यवसायीलाई पनि सरकारले कालोबजारीको ट्याग लगाएर बदनाम गरेको भन्दै उनले आपत्ती समेत प्रकट गरे ।